एक समूहद्वारा बलात्कार

0

रौतहट । स्थानीय विश्रामपुर गाविसकी एक दलित महिलालाई आज एक समूहले सामूहिक बलात्कार गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार पीडित ती महिलालाई उद्वार गरी गरुडास्थित महिला सेलमा राखिएको छ ।
पाँच–छ जनाको समूहमा आएको सो समूहले राति करिब १ बजे घरभित्र पसी उनका श्रीमानलाई बाँधेर उनलाई करिब एक किलोमिटर परको परालको कुन्युमा लगी सामूहिक बलात्कार गरेको बताइएको छ ।
घटना भएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले ती पीडितलाई उद्धार गरेको थियो । मोटरसाइकलमा आएको समूहले उक्त घट्ना गराएको हुनसक्ने छिमेकीले बताएका छन् ।
रातको समयमा घटना भएकाले हालसम्म पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन । रक्ताम्मे अवस्थामा उद्धार गरिएको ती महिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.