सुजाता सभापतिमा उठ्ने

0

विराटनगर । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले आफूले १३औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई मजबुत बनाउन र युवालाई राजनीतिको मूलधारमा ल्याउन आपूm सभापति पदमा उठेको स्पष्ट गर्नुभयो । नेत्री कोइरालाले अहिले कार्यकर्ताले नयाँ पुस्ता र नयाँ अनुहारको नेतृत्व खोजेको छ भन्नुभयो ।
बिपीको जस्तो विचार, गिरिजाबाबुको जस्तो सङ्गठन र गणेशमानसिंहको जस्तो त्याग नेतामा हुनुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “राजनीति विकासका लागि हुनुपर्छ भन्ने मेरो मान्यता हो ।”
संविधानबाट सबैको अधिकार स्थापित भइसकेकाले अब विकास र समृद्धिका लागि सबै राजनीतिक दल एक भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.