रंगेलीमा सशस्त्र प्रहरी क्याम्प तोडफोड

0

विराटनगर । मोरङको रंगेलीमा शुक्रबार बिहानदेखि पुनः तनाव बढेको छ । हिजो प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि आक्रोसित मधेसी मोर्चाका कार्यकर्ताहरु शुक्रबार बिहानदेखि तोडफोड र प्रदर्शनमा उत्रिएका हुन् । स्थानीय प्रशासनले शुक्रबार बिहानदेखि कर्फ्यु हटाएको थियो । कर्फ्यु हटेसँगै प्रदर्शनकारीहरु सडकमा उत्रिएर ता्डफोड गर्न थालेका हुन् ।
मधेशी मोर्चाका कार्यकर्ताले बिहानैदेखि रंगेलीका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा मोर्चाका कार्यकर्ताले रंंगेलीस्थित चोक्राहामा रहेको सशस्त्र प्रहरी वेस क्याम्पमा तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ताले सशस्त्रको निर्माणाधीन भवनमा तोडफोड गरेका हुन् ।
भवन तोडफोडका क्रममा मोर्चा कार्यकर्ताले निर्माणका लागि राखिएका सामाग्री र सयभन्दा बढी सिमेन्टका बोरा फुटाएर क्षति गरेका छन् । हिजो एमालेको भातृ संगठन युवा संघ नेपालले रंगेलीमा आयोजना गरेको आमसभामा मोर्चा कार्यकर्ताले अवरोध पु-याएपछि भएको झडपमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.