गीतकार शालिक गौतमको सँकल्प

0

चारदिशा, सम्बाददाता, बेल्जियम,

युबा संगीतकार आलोक शर्मा र गीतकार सालीक गौतमले  ‘सँकल्प’  नामक गीती एलबम बजारमा ल्याएका छन । राष्ट्रिय गीत सहित बिबिध खाले  कर्णप्रिय गीतहरु रहेको एलबमले सबै खाले श्रोताहरुलाई संगीतको आनन्द दिनसक्नेछ । हाल नेदरल्यान्दमा बस्दै आएका शालिक गौतमले चारदिशा सँग कुरा गर्दै प्रबासबाट नेपाली संगीत क्षेत्रमा सानो योगदान गर्न पाउदा खुशी लागेको बताए ।

एलबममा नेपालका ख्यातीप्राप्त गायक गायिका क्रमश प्रमोद खरेल, बानिका प्रधान, भानुभक्त ढकाल, आलोक शर्माको स्वर रहेको छ । संकल्प गीती एल्वम विषेश गरेर डायस्पोरामा विक्री वितरण गरिने लक्ष्य लिइएको छ । विमोचन पश्चात युरोप, मध्यपुर्व, अस्ट्लियाका  श्रोताहरु समक्ष एलबम पुर्याउने उद्यस्य रहेको छ  ।

संकल्प गीती एल्वमको महत्वपुर्ण पक्ष भनेको यो सामाजिक परियोजना हो । यसबाट संंकलित रकम नेपालको कुनै विद्यालयको स्तरोन्नतीमा खर्च गरिने रचनाकार शालिक गौतमले बताएका छन् ।
संकल्पमा समावेस रहेको प्रमोद खरेलको स्वरको दुई दिने माया लायौको म्युजिक भिडियो नेदरल्याण्ड्समा छायाँकन गरिएको छ,  जुन युट्युवमा सार्वजानिक भै सकेको छ । जस्को छायाँकन अर्पण पोखरेल, र अभिनयमा सुनिता बुढाथोकी, अनिष गिरी र रिक्सम पुन रहेका छन् ।

 

Leave A Reply

Your email address will not be published.