दाङदेखि कञ्चनपुरसम्म थारु स्वायत्त प्रदेश बनाउन सकिन्छ : देउवा

0

दाङ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु समुदायको बाहुल्य क्षेत्रलाई स्वायत्ततासहितको अधिकार सम्पन्न गराउन सकिने बताउनुभएको छ । प्रजातान्त्रिक थारु समाजले यहाँ आयोजना गरेको अन्तक्र्रियामा नेता देउवाले थारुहरुलाई नआत्तिन र केही समय कुर्न आग्रह पनि गर्नुभयो । थारुहरुको बाहुल्य रहेका दाङदेखि कञ्चनपुरसम्मका जिल्लाहरुलाई थारुहरुको स्वायत्त प्रदेश बनाउन सकिने बताउँदै नेता देउवाले त्यसका लागि पश्चिम तराई र पूर्वी तराईका थारुहरुलाई एउटै प्रदेश चाहिन्छ भन्ने सोचाई नराख्न पनि उहाँले आग्रह गर्नुभयो ।
अहिले सीमाङ्कनमा समेत धेरै विवाद आइरहेका कारण अहिले नै स्वायत्तताको घोषणा गर्न नसकिने भन्दै नेता देउवाले पश्चिमका थारु बाहुल्य जिल्लालाई स्वायत्त घोषणा गर्न केही समय लाग्ने बताउनुभयो । नेता देउवाले संविधान गतिशील हुने भएका कारण यो संशोधन हुँदै जाने र संशोधन प्रक्रियामै थारुहरुको यो अधिकार पनि समावेश गरिने बताउनुभयो । आफू थारु समुदायको हकहितको लागि सधैँ लड्दै आएको भन्दै उहाँले पार्टीको तेह्राँै महाधिवेशनका बेला सभापति पदमा आफूलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.