नायिका गरीमा पन्त युरोपको ब्यवसायमा

0

चारदिशा , सम्बाददाता,  बेल्जियम ,

नेपाली सिने जगतकी चर्चित नायिका गरिमा पन्त बेल्जियमकी स्थाई बासिन्दा हुने भएकी छिन । बेल्जियमका ब्यबसायी हरी शर्मा थपलियासँग बैबाहिक जीबन सुरु गर्ने तर्खरमा रहेकी नायिका पन्त  उनीहरुको  बेल्जियमको ब्रासकाटमा सन्चालन हुन लागेको सुशी रेस्टुरेन्टको ओपनिङमा देखिएपछि यसको पुष्टि  भएको हो ।

बिगत चार बर्ष देखिको प्रेम सम्बन्धलाई दाम्पत्य जीबनमा बदल्ने तयारीमा रहेको शर्मा र नायिका पन्तको जोडीले आफ्नो प्रेमसम्बन्धलाई हालसम्म गोप्य राखदै आएका थिए ।

नायिका पन्तलाई यसबारेमा जिज्ञासाा राख्दा हाल ब्यबासायिक कारणले बेल्जियममा रहेको र छिट्टै विवाहको औपचारिक जानकारी गराउने बताईन । शर्मा र पन्त दुबै परिवारले उनीहरुको विवाहको लागि स्वीक्रिती प्रदान गरी सकेका छन ।

सार्क राष्ट्रहरुमा निर्माण भएका चलचित्रहरुबाट नोमिनेसन भएर परदर्शन हुने  ‘सार्क फिल्म फेस्टिवलमा’  नेपालबाट पहिलो पटक ‘उत्कृष्ट नायिका ‘ को उपाधी जितेकी नायिका पन्तलाई  तत्कालीन राष्ट्रपती डाक्टर रामबरण यादबले बिशेष सम्मान गरेका थिए भने,   उनी
चलचित्रका राष्ट्रिय  सम्मानबाट पनि सम्मानित भैसकेकी छिन । झोला, ठुली , लगायतका करिब् दुई दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेकी नायिका पन्त नेपाली कला क्षेत्रमा इमान्दार सोझी नायिकाको रुपमा चिनिन्छिन ।
नेपाली ब्यबसायी संघ बेल्जियमका निबर्तमान अध्यक्ष थपलिया जापानिज सुशी र इन्डियन खानाका रेस्तुरेन्टहरु सन्चालन गर्दै आइरहेका छन ।

स्थानीय ग्राहकहरु माझ नेपाली ब्यबसायी संघका अध्यक्ष सिपी भट्टले दीप प्रज्वलन गरी रेस्टुरेन्टको उद्घाटन गरेका थिए भने गैर आबासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका सचिब अर्जुन कुमार श्रेष्ठ , सदस्य चिज कुमार श्रेस्ठ , युबराज गुरुङ, लगायतका शर्मा र पन्तका साथीहरुले सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

hari4hari 3hari1hari2hariiiharibhai

Leave A Reply

Your email address will not be published.