काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन: उपसभापति पौडेल

0

मोरङ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेस सरकार परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति पौडेलले भन्नुभयो – “काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन ।” काँग्रेसले प्रतिपक्षमा बसेर यतिखेर रचनात्मक भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ थियो ।
उपसभापति पौडेलले काँग्रेसले वार्ताको माध्यमबाट मधेस समस्याको समाधान चाहेको बताउनुभयो । उहाँले सीमाङ्कनको विषयलाई राजनीतिक तहमा छलफल र सल्लाह गरेर टुङ्ग्याउनुपर्ने बताउनुभयो र भन्नुभयो – संविधान संशोधनको प्रस्तावमै छलफल गरेर मधेस समस्याको हल खोज्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.