मोर्चाको बैठकमा कार्यदलले गरेको वार्ताका बारेमा समीक्षा

0

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीन दलीय कार्यदलसँग भएको वार्ताका बारेमा समीक्षा गरेको छ । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको बैठकमा बुधबार मोर्चा र प्रमुख दलको कार्यदलबीच भएको वार्ताका बारेमा समीक्षा भएको तमलोपाका महासचिव जितेन्द्र सोनलले बताउनुभयो ।
बैठकमा वार्तालाई कसरी निचोडमा पु¥याउने र वार्तासँगै आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल भएको र त्यसबारेमा विस्तृत रुपमा शुक्रबारको बैठकमा कुरा हुने उहाँले जानकारी गराउनुभयो । बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.