काँग्रेसको बैठक आइतबार बस्ने

0

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबार बस्ने भएको छ ।
शुुक्रबार बस्ने भनिएको बैठक पार्टीका नेताहरु उपत्यका बाहिर रहेकाले आइतबारसम्मका लागि सारिएको हो । बैठकमा पार्टीको आसन्न १३औँ महाधिवेशन र देशको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ ।
बैठकले क्रियाशील सदस्यमा देखिएको विवादका बारेमा समेत छलफल गर्ने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा महाधिवेशन सम्पन्न गर्न गठित पार्टीका विभिन्न समितिका कार्य प्रगतिबारेसमेत छलफल हुनेछ ।

Leave A Reply

Your email address will not be published.