सुदूरको सीमाङ्कन परिर्वतन हुँदैन : देउवा

0

कञ्चनपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुदूरको ७ नं प्रदेशको सीमाङ्कन परिर्वतन नहुने बताउनुभएको छ । नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि यहाँ आउनुभएका नेता देउवाले आज काँग्रेस कञ्चनपुरका कार्यकर्ता भेटघाटका क्रममा केही मधेसकेन्द्रित दलले सीमाङ्कनको विषयलाई लिएर तीन महिनादेखि थालेको आन्दोलन अझै नरोकिएका कारण कैलाली र कञ्चनपुर विवादित जिल्ला भए पनि काँग्रेसले सुदूरलाई नटुक्र्याउने आश्वासन दिनुभयो ।
यहाँ बस्नै सबै जातजातिले मिलेर बस्नाको विकल्प नरहेको समेत नेता देउवाले बताउनुभयो । भेटघाटमा काँग्रेस कञ्चनपुरका नेताहरुले ऐतिहासिक रुपमा मिलेर बस्दै आएका थारु–पहाडी मूलका नागरिकबीच झन् सम्बन्ध बलियो पार्नुपर्नेमा जोड दिनुभयो । भूगोल टुक्र्याएर भन्दा पनि आर्थिक रुपमा विपन्न समुदायको भलो हुने काम गर्नुपर्नेमा नेताहरुले सुझाव दिएका छन् ।

Leave A Reply

Your email address will not be published.