राप्रपाको अध्यक्षमा चन्द

0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको जिम्मेवारी लोकेन्द्रबहादुर चन्दले सम्हालेका छन् । चक्रिय प्रणालीअन्तर्गत् शनिबारदेखि चन्दले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । शनिबार राजधानीमा आयोजित राप्रपा केन्द्रीय समिति बैठकले चन्दलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले विगतमा भएको समझदारीअनुसार चन्दलाई पार्टी अध्यक्षको पद हस्तान्तरण गरेको भन्दै आगामाी दिनमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । विगत डेढ वर्षभन्दाअघिदेखि अध्यक्ष पदको विषयलाई लिएर राप्रपामा विवाद रहेको थियो । चक्रिय प्रणालीको सहमतिअनुसार आफूले नेतृत्व पाउनुपर्ने भन्दै वरिष्ठ नेता चन्दले समानान्तररुपमा पार्टीसमेत सन्चालन गरेका थिए ।
विगतमा चन्दपछि राणा र राणापछि प्रकाशचन्द्र लोहनीले अध्यक्षको पद सम्हाल्ने समझदारी भएको थियो । अध्यक्ष चन्दले अबको १० महिना जिम्मेवारी सम्हाल्नेछन् । अध्यक्षको जिम्मेवारी पाएपछि उनले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउने बताए ।

Leave A Reply

Your email address will not be published.