व्यवसायी संघ वेल्जियमको अध्यक्षमा भट्ट

0

चारदिशा सम्वाददाता।

नेपाली व्यवसायी संघ वेल्जियमको साधारण सभा सिपि भट्टको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ। सोमवार वेल्जियमको व्यापारिक राजधानि मानिने एन्टरपेनमा सम्पन्न महाधिवेशनवाट ५ जना उपाध्यक्ष र युवा व्यवसायी यामु निरौला महासचिवमा निर्विरोध निर्वाचित भएका छन्।

व्यवसायी संघले वेल्जियमा विभिन्न व्यवसाय सन्चालन गर्दै आइरहेका नेपाली व्यवसायीहरुलाई तालिम तथा परामर्श दिँदै आइरहेको छ। विगतका वर्षहरुमाझै यस वर्ष पनि विविध तालिमको आयोजना गरिने नव विर्वाचित अध्यक्ष सिपी भट्टले जानकारी दिए।

वेल्जियममा रहेका नेपालीहरुले एकै प्रकृतिमा व्यवसाय सन्चालन गरिरहेको सन्दर्भमा व्यवसायिक विविधताको वारेमा अध्ययन गर्नुपर्ने आयश्यकता औंल्याउँदै सामुहिक लगानिमा व्यवसाय सन्चालन गर्ने वातावरण सृजना गर्न पहल गर्ने अध्यक्ष भट्टले वताए।

साधारण सभाले अध्यक्षका प्रत्याशि रहेका कमल भारतीलाई प्रमुख संरक्षकमा छनौट गरेको छ भने ९ जना सदस्यहरु रहेका छन्।

10462581_10206940658452589_6222260502027600035_n

नेपाली व्यवसायी संघ वेल्जियमको नवनिर्वाचित समितका पदाधिकारीको नामावलि

अध्यक्ष श्री सी पी भट्ट
उपाध्यक्ष श्री केसब चापागाईं
उपाध्यक्ष श्री कृष्ण रेग्मी
उपाध्यक्ष श्री बिनोद धिताल
उपाध्यक्ष श्री केदार जोशी
उपाध्यक्ष श्री गंगा शर्मा
महासचिव श्री यामु निरौला
सचिव श्री तेजेन्द्र कंडेल
कोषाध्यक्ष श्री घनश्याम काफ्ले
सह – कोषाध्यक्ष श्री रमेश दाहाल
सदस्य – श्री अर्जुन दाहाल
श्री राजु घिमिरे
श्री चिरन खवास
श्री कमल पन्थी
श्री इन्द्र प्र ऒलि
श्री शालिक राम थपलिया
श्री झलक के सी
श्री कृष्ण श्रेष्ठ
श्री अर्जुन तिवारी
श्री पवन सुबेदी
श्रीमती रजनी श्रेष्ठ

प्रमुख संरक्षक – कमल भारती

Leave A Reply

Your email address will not be published.