मन्त्री नै कालोबजारीमा संलग्न भएको आरोप

0

काठमाडौं । मधेसी मोर्चा र थारु सांसदहरूको नाराबाजी र घेराउबीच आज बसेको संसदको बैठकमा नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि बिचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिएको छ । प्रस्ताव पेश भएलगत्तै संसदको बैठक पुस १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । आजको बैठकमा संसदको कार्यसूचीप्रति असन्तुष्टि जनाउँदै मधेसी र थारु सांसदहरूले नाराबाजी गरेका थिए ।
यस्तै कांग्रेस सांसदहरुले मुलुकमा बढ्दै गएको कालोबजारी र इन्धनको असहजतालाई लिएर सरकारको आलोचना गरेका थिए । बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले सत्तारुढ दल र मन्त्रीहरुबाटै कालोबजारी हुने गरेको आरोप लगाए । सरकार सम्वद्ध ब्यक्तिहरुले नै एउटा पेट्रोल पम्मबाट दैनिक १५ हजार रुपैयाँ कमिसन लिने गरेको प्रमाण भेटिएको भन्दै उनले ती पेट्रोल पम्पहरूबाट मासिक ४५ लाख रकम लिने गरेको तथ्य आफुसँग रहेको दाबी गरे ।

Leave A Reply

Your email address will not be published.