चीनसँग इन्धन आयात सम्झौता हुनसक्ने

0

काठमाडौं ।  उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनसँग इन्धन आयात सम्झौता हुनसक्ने संकेत गरेका छन् । बुधबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले चीनबाट इन्धन आयातका लागि प्रयास गरिने बताए ।
सरकारले ब्यापार तथा इन्धन आपुर्तिमा बिबिधिकरणको नीति अबलम्बन गरेको र यसका लागि भएका प्रयासहरुलाई ठोस रुपमा कार्यान्वयनमा लगिने उनको भनाई थियो । भ्रमणको क्रममा चीनले नेपालामा लगानी गरेका आयोजनाहरु र दुई देशको व्यापारको बिषयमा पनि कुरा हुने मन्त्री थापाले जाकारी दिए ।
चीन र नेपालबीच मैत्री सम्बन्ध स्थापना भएको ६० बर्ष पुगेको अबसरमा चिनियाँ परराष्ट्र मन्त्रीको निमन्त्रणामा उपप्रधानमन्त्री थापा चीन गएका हुन । परराष्ट्रमन्त्री थापा नेतृत्वको टोलीमा कानुन मन्त्री अग्नि खरेल,परराष्ट्र, अर्थ र बाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिवहरु पनि सहभागी छन् ।

Leave A Reply

Your email address will not be published.