हचुवाको भरमा सीमांकन हेरफेर हुँदैन : पौडेल

0

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेशी मोर्चाको आन्दोलन अराजक तथा धार्मिक असहिष्णुता भड्कने तर्फ उन्मुख भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज स्थानीय संचारकर्मीसँग कुरा गर्दै पौडेलले धार्मिक कार्यक्रममा मोर्चाले गरेको आन्दोलनको कार्यशैलीले सहिष्णुताको सीमा नाघेको देखिएको बताए ।
मधेसी मोर्चाको अधिकांश मागलाई नयाँ संविधानले सम्बोधन गरिसकेको दाबी गर्दै उनले भने, ‘अहिलेको अवस्थामा आएर मोर्चाको आन्दोलन केका लागि भईरहेकोसमेत अस्पष्ट छ ।’ मोर्चाले उठाएका नागरिकता, समावेशी तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रका विषयमा रहेको समस्या हल गर्न शीर्ष नेताहरु तयार रहेको पनि पौडेलले जानकारी दिए । सीमाकंनको विषय भने प्राविधिक विषय भएकाले एकातिर हेरफेर गर्दा अर्कोतिर समस्या खडा हुने भएकाले हचुवाको भरमा सीमाकंन हेरफेर गर्न नमिल्ने पौडेलले प्रष्ट पारे ।

Leave A Reply

Your email address will not be published.