अध्यक्ष शर्मा एनआरएन यूकेको सल्लाहाकार

0

लन्डन । नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्मालाई गैरआवासीय नेपाली संघ यूकेले सल्लाहाकारमा चयन गरेको छ । गैरआवासीय नेपाली संघको स्थापनादेखि सक्रिय शर्मासँग बेलायतस्थित विभिन्न संघसंस्थामा रहेर काम गरेको अनुभव छ । यसअघि एनआरएन यूकेको कार्यसमितिमा समेत रहेर काम गरेका शर्मा एनआरएन अभियानमा दखल राख्ने पत्रकार मानिन्छन् ।
गैरआवासीय नेपाली संघ यूकेले सोमबार शर्मालाई सल्लाहकारमा नियुक्त भएको पत्र दिएको थियो । व्यक्तिगत तथा संस्थागतरुपमा नेपाल र नेपालीका लागि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सल्लाहाकारमा चयन गरिएको संघले शर्मालाई दिएको पत्रमा उल्लेख छ ।
अध्यक्ष शर्मालाई संघ दिएको पत्रमा भनिएको छ, एनआरएन यूकेले आवश्यकताअनुरुप मार्गदर्शन हुने गरी सल्लाह पाउने अपेक्षा गरिएको छ । यसअघि नोभेम्बर महिनामा सम्पन्न गैरआवासीय नेपाली संघ यूकेको बैठकले बेलायतका बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी सल्लाहाकार चयन गरेको थियो । पत्रकार महासंघका अध्यक्षलाई पनि संघले पहिलो पटक सल्लाहकारको भूमिकामा चयन गरेको हो ।

Leave A Reply

Your email address will not be published.