वार्ता सार्थक बनाउन सहयोग गर्छु : डा. भट्टराई

0

रुपन्देही (तिलोत्तमा), २८ मङ्सिर । नयाँ शक्ति निर्माणका संयोजक डा बाबुराम भट्टराईले मधेसी मोर्चासँग सरकारले गर्ने वार्ता सार्थक बनाउन आफूले सहयोगी भूमिका खेल्ने बताउनुभएको छ । उहाँले सरकारले तराई–मधेस आन्दोलनलाई सार्थक वार्ताबाट समाधान गर्न आफूले सहयोगीमा रुपमा काम गर्न तत्पर गरेको बताउनुभयो । नयाँ शक्ति निर्माण अभियान रुपन्देही जिल्ला भेला आयोजक समितिले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले मुलुकको असहज परिस्थितिलाई समाधान गर्न आफू संवेदनशील रहेको बताउनुभयो ।
सरकार मधेसी मोर्चाका जायज मागलाई सम्बोधन गरी छिटो निकास दिन गम्भीर नभएको आरोप लगाउँदै उहाँले यही अवस्था लम्बिदै गए स्थिति नियन्त्रण बाहिर जानसक्ने चेतावनीसमेत दिनुभयो । आफूले नेतृत्व गरेको नयाँ शक्तिमा ६० प्रतिशत नयाँ अनुहार हुने उहाँको दाबी थियो । उहाँले भन्नुभयो, “नयाँ शक्तिलाई सोच, विचार, कार्यशैली सबै हिसाबले जगैदेखि नयाँ बनाउने प्रयत्न हुनेछ ।”

Leave A Reply

Your email address will not be published.