विद्यालय निर्माणका लागि अमेरिकाबाट सहयोग

0

क्यालिफोर्निया, १३ मङ्सिर । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समिति अमेरिकाबेस्ड टेक्सास च्याप्टरले भूकम्पबाट क्षतिग्रस्त काठमाडौँ गागलफेदीको विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ ।
च्याप्टरले १५ हजार डलर तथा नेप्लिज सोसाइटी इन टेक्सासले १५ हजार डलर गरी ३० हजार डलर सङ्कलन गरिएको जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य प्रमोद सिटौलाले बताउनुभयो ।
यसैबीच समितिले आयोजना गरेको ‘नेपालको संविधान अवसर र चुनौती’ विषयको गोष्ठीमा काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद दीपक गिरीले संविधान ढुङगाको अक्षर नभई यसलाई समयानुकूल संशोधन गर्न सकिने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.