झापाको कमल गाउपालिका बडा नम्बर ६ का गोपाल लिम्बुको पोल्याण्डमा मस्तिष्कघातबाट निधन भएकोछ।
बैदेशिक रोजगारीका लागि रोमानियामा हुदै पोल्याण्ड आएका लिम्बुको केहि महिना अघि अचानक मस्तिष्कघात भएको थियो। करिब छ महिना कोमामा रहेका लिम्बुको गत जनवरी दश तारिक निधन भएको अन्तरास्ट्रिय झापाली समाजका महासचिब चिरन कुमार खवासले जानकारी गराउनुभएकोछ।
लिम्बुको परिवारमा श्रीमती र सन्तानको रुपमा एकजना छोरा छन । श्रीमती समेत मृगौला सम्बन्धि समस्याले पिडित भएको र घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकोले मृतकको अन्तिम संस्कारका लागि सहयोग गरिदिन उनका छोरा किरण लिम्बुले अनुरोध गरेकाछन।

परिवारको आर्थिक अवस्था कमजोर भएको हुँदा उनको शब परिवारको खर्चमा नेपाल पुर्र्याउने अबस्था नभएकोले मानवीय संबेदनालाई हृदयगंम गरी युरोप लगायतका अन्य मुलुकमा बस्ने नेपालीहरुलाई सहयोगको लागि अनुरोध गरिएकोछ ।
पोल्याण्डमा कार्यरत चिकित्सक एबम अवैतनिक नेपालीदुत बोधराज सुबेदी लगायत एनआरएनएको पहलमा शब नेपाल पठाउन प्रशाशनिक काम सुरु भएको र करिब ८ हजार युरो खर्च लाग्ने भएकोले सहयोग संकलन सुरु गरिएको समाजका युरोप संयोजक लोकेन्द्र नेपालले बताउनुभएकोछ ।
सबैको सानो सहयोग रकमले लिम्बुको शब नेपाल घर पुर्याउन सकिने र यसवाट मृतकका परिवारलाई अत्यन्त ठुलो राहत र सहयोग हुने भएकोले सहयोगका लागि सबैमा अपिल गरिएकोछ।