बेल्जियमका नेपाली व्यवसायीका लागि सोसियल इन्पेक्सन सम्बन्धी निःशुल्क प्रशिक्षण हुदै

0

ब्रसेल्स। नेपाली व्यवसायी संघ बेल्जियम (नेबाब) ले बेल्जियममा व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायीहरूका लागि आगामी जुलाई १ मा जूम मार्फत सामाजिक निरीक्षण (‘Sociale Inspectie Checklist’) सम्बन्धी निःशुल्क प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

 

संघका अनुसार प्रशिक्षणमा सामाजिक निरीक्षण (Social Inspection) का क्रममा आवश्यक पर्ने कागजात, व्यवसायीले पालना गर्नुपर्ने कानुनी दायित्व तथा निरीक्षणका लागि व्यवसायलाई कसरी तयारी अवस्थामा राख्ने भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिनेछ।

ब्यबसाय गर्दा आबस्यक कामदार कन्त्र्याक्ट कसरि बनाउने, कन्ट्रोल आउदा के के कागजात देखाउने , कागजात कसरि राख्ने, के के राख्ने लगायत आबस्यक कानुनि ज्ञान दिन सो सम्बब्न्धि बिशेषज्ञलाई आमन्त्रण गरिएको नेबाबका अध्यक्ष कासी दनैले जानकारी गराउनुभएकोछ।

 

नेबाबले यस कार्यक्रमले व्यवसायीहरूलाई सामाजिक निरीक्षणसम्बन्धी आवश्यक ज्ञान र सीप अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै बेल्जियममा व्यवसाय सञ्चालन गरिरहेका सम्पूर्ण नेपाली व्यवसायीलाई सहभागिताका लागि आग्रह गरेको छ।

 

कार्यक्रम जुलाई १ मा जूम मार्फत सञ्चालन हुनेछ र सहभागिता पूर्ण रूपमा निःशुल्क रहनेछ। सहभागी हुन इच्छुक व्यवसायीहरूले निम्न लिंक मा गएर वा पोस्टरमा भएको क्युआरकोड (QR कोड) स्क्यान गरि आफ्नो पूर्व-दर्ता ( रजिस्ट्रेसन ) भएर सिट सुरक्षित गर्न संघका महासचिब भुवन सुबेदीले अनुरोध गर्नुभएकोछ ।

https://docs.google.com/…/1FAIpQLSd1XYm8xRZ…/viewform…

Leave A Reply

Your email address will not be published.