औषधी बोकेको ट्रकमा मोर्चाद्वारा आगजनी

0

बीरगंज, ४ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले वीरगन्जमा औषधी बोकेको ट्रकमा आजगनी गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औषधी आयातमा कुनै अवरोध नगर्ने निर्णय गरे लगत्तै कार्यकर्ताहरुले औषधीको ट्रकमा आगजनी गरेका हुन् । गएराति १ बजेतिर ओम आश्रम छेउको गोदामबाट जनकपुरका लागि लैजान औषधी लोड गरिएको ना२ख ८२९२ नम्बरको ट्रकमा पेट्रोल छर्किएर आगजनी गरिएको हो ।
ट्रकमा ‘अति आवश्यक औषधी’ भनेर ब्यानर लेखिएको थियो । आगजनीबाट गाडीमा रहेको २० लाख रुपैयाँ मूल्य बराबरको औषधी नष्ट भएको प्रहरीले जनाएको छ । औषधी बोकेको गाडीलाई प्रहरीको स्कटिङमा आज जनकपुर लैजाने तयारी थियो । मोर्चाले हिजोमात्र औषधी र चिकित्साजन्य सामाग्री ओसारपसारमा कुनै अवरोध नगर्ने र बिराटनगर नाकाबाट औषधि भित्रन दिने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.