पेरिस आक्रमणमा संलग्न दुईजना ब्रसेल्समा पक्राउ

0

ब्रसेल्स, १ मङ्सिर । पेरिस आक्रमण प्रकरणमा गत हप्ता अन्त्यमा ब्रसेल्समा पक्राउ परेका सात जनामध्ये दुई जनालाई पेरिसमा भएको आतङ्ककारी हमलामा संलग्न भएको आरोप लागेको छ । पक्राउ परेकामध्ये दुई जना पेरिस आक्रमणमा सहभागी भएको आरोप ब्रसेल्सको सङ्घीय अभियोजन अधिकारीले सोमबार लगाएका हुन् ।
सुरक्षाकर्मीले घेराहाली खोजी सुरु
पेरिस आक्रमको योजना बनाइएको भनिएको इलाकालाई सुरक्षाकर्मीले घेराहाली खोजी सुरु गरेको छ । सुरक्षाकर्मीले खोजी सुरु गरेको केही समयमै अर्थात् दुई घण्टाभित्रै दुईवटा विस्फोट भएका छन् । खोजी सुरु गरेको केही समयमै अर्थात् दुई घण्टाभित्र पहिलो विस्फोट सुनिएको र यसको करिब एक घण्टापछि अर्को विस्फोट भएको बताइएको छ । प्रहरीले ब्रसेल्सको ग्रामीण इलाकाबाट तीन शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको र अन्यको खोजी भइरहेको बताइएको छ ।
पेरिस आक्रमणमा परेका मृतकको सम्झनामा मौनसभा
पेरिसमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु भएका मानिसहरुको सम्झनामा सोमबार एक मिनेट मौनसभा गरिएको छ । जर्मन चान्सलर एन्जेला मर्केल, बेलायती प्रधानमन्त्री ड्याभिड क्यामरुन, फ्रान्सका विदेशमन्त्री तथा जी–२० सम्मेलनमा सहभागी युरोपका नेताहरुले स्थानीय समयअनुसार सोमबार बिहान ११ बजे फ्रान्स र युरोपेली युनियनको झण्डामुनी उभिएर मौनधारण गरी सम्पूर्ण मृतकप्रति सम्मान व्यक्त गरेका थिए ।
यसै समयमा फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ अलान्दले पेरिसमा विद्यार्थी तथा हजारौँ फ्रान्सेली नागरिकका साथ उभिएर मौनधारण व्यक्त गर्नुभई मृतकप्रति सम्मान व्यक्त गर्नुभएको थियो । जी–२० सम्मेलन स्थलमा गाडिएका फ्रान्स तथा युरोपेली युनियनका झण्डामा शोक स्वरुप कालो पट्टी बाँधिएको थियो ।
यसैबीच ब्रसेल्समा जी–२० सम्मेलनमा सहभागी युरोपेली नेताहरु टर्कीको सामुद्रिक किनारामा अवस्थित एक रिसोर्टमा भेला भई सिरिया तथा इस्लामिक स्टेटविरुद्धको अभियानमा आगामी दिनमा कसरी अघि बढ्ने सम्बन्धमा छलफल सुरु गरेको सोमबार प्राप्त समाचारमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.