खोखो विश्वकप : नेपालको महिला टोली फाइनलमा

0

काठमाडौँ \ नेपालको महिला टोली भारतमा जारी खोखो विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा शनिबार भएको खेलमा नेपालले युगान्डालाई ८९–१८ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

फाइनलमा नेपालले दक्षिण अफ्रिका र आयोजक भारतबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपको पुरुषतर्फ पनि सेमिफाइनलमा पुगेको नेपालले आजै इरानसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave A Reply

Your email address will not be published.