पोल्यान्डको हिप्पोक्रातेस अवार्डमा डा. सुबेदीले जिते दोश्रो स्थान

0

पोयान्डको चिकित्सा क्षेत्रको सबै भन्दा ठुलो जनमत सङ्रह “हिपोक्रातेस २०२४” मा नेपाली चिकित्सक डा. बोधराज सुबेदी यो बर्षको उत्कृष्ट सर्जनमा द्वितीय हुनु भएकोछ ।

‘सर्जन अफ द इयर’ टाइटलमा सुबेदीलाई बिरामीहरूको स्वास्थ्य र जीवन रक्षाको लागि निष्ठा पूर्वक निरन्तर सेवा गरे बापत पब्लिक भोट (जनमत)को आधारमा चयन गरिएको हो । सल्यकृया बिधामा नोमिनी ८० जना सल्य चिकित्सक मध्यबाट डा सुबेदीले दोश्रो स्थान प्राप्त गर्नु भएको हो ।

विश्वका पहिलो डाक्टर हिप्पोक्रातेसका नाममा पोल्याण्डमा स्थापित यो अवार्ड प्रत्यैक बर्ष बिभिन्न बिधामा राम्रो काम गर्नेहरुलाई दिने गरिन्छ ।

महिलाहरुमा हुने स्तन क्यान्सरको सत्यचिकित्सा क्षेत्रमा डा सुबेदी पोल्यान्डमा परीचित नाम हो । यस सम्मानका लागि  डा सुबेदीले जीबन बचाएका बिरामीहरुले सिफारिस गरेर निर्णायकहरुलाई पठाएका थिए । राजधानी वार्शा क्षेत्र  समेट्ने पोल्यान्डको मारोविस्की प्रान्तबाट डा. सुबेदी उक्त सम्मानका लागि नोमिनेशन हुनु भएको थियो ।

पोल्यान्डको राष्ट्रिय स्वास्थ्य बिमा कोषको सन्योजनमा पोलास्का प्रेसले बर्षका सर्बोत्क्रिष्ट चिकित्सकहरु जनमतको आधारमा घोषणा गर्ने गरेकोछ ।

बिगत पच्चिस बर्ष देखि पोल्यान्डमा कार्यरत डा. सुबेदी पोल्यान्डका लागि नेपालको अबैतनिक बाणिज्यदुत र एनआरएनए पोल्यान्डका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।

एक जना नेपाली मुलकका डाक्टर बिदेशमा उत्कृष्ट भएर सम्मानित भएकोमा पोल्याण्डका नेपाली समुदायका अगुवाहरुले खुशी ब्यक्त गरेकाछन ।

Leave A Reply

Your email address will not be published.