नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनाेजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएकाे छ ।
चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर २ बलमा ७४ रनमा अलआउट भयो । पोखराका नारायण जोशीले सबैभन्दा धेरै ३० रन बनाए । चितवनका सोहेल तानभिर, रिजन ढकाल र लुक बेनकेन्स्टेनले ३/३ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । चितवनका रवि बोपाराले ५१ रन बनाए । पोखराका विपिन खत्री, बास डे लीड र रेमोन रेफरले २/२ विकेट लिए ।
प्रतियोगितामा चितवनको यो लगातार दोस्रो जीत हो । चितवनले पहिलो खेलमा हिजो काठमाण्डौ गुर्खाजलाई हराएको थियो । पोखराले भने हारसहित प्रतियोगिताको शुरुआत गरेको छ ।