लुम्बिनी \ लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रबार प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न सङ्कायमा उपाधिप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् ।
प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो ।
ललितपुर जन्मनुभएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालय सभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।