आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईंदै

0

आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईंदै छ । शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक वर्ष नोभेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको नारा ‘विश्व कल्याणका लागि विज्ञान’ भन्ने तय गरिएको छ ।

सन् २००१ मा यूनेस्कोले यो दिवसको शुरुवात गरेको हो । विश्व विज्ञान दिवसको सरुआत सन् १९९९ मा हङ्गेरीको बुढापेस्टमा भएको विज्ञानसम्बन्धी विश्व सम्मेलनबाट प्राप्त सकारात्मक नतिजासँग जोडिएको छ ।

नेपाल सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनको माध्यमबाट बेरोजगारी समस्या सम्बोधन गर्न र देशमा औद्योगिक उत्पादकत्व बढाउँदै समृद्धि हासिल गर्ने उदेश्य राखेको छ । नेपालले हरेक वर्ष असोज एक गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाउँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.