‘कहीँ नभएको जात्रा’ हाँडीगाउँमा

0

काठमाण्डौको हाँडीगाउँमा आज पनि ‘कहीँ नभएको जात्रा’ मनाइँदैछ । कोजाग्रत पूर्णिमाका दिन मूर्ति बाहिर निकालेपछि औपचारिकरूपमा शुरू भएको जात्रा त्यसपछिका तीन दिन मनाइन्छ ।

तीन दिनमध्ये हिजो पहिलो दिनको जात्रामा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले जात्राका सांस्कृतिक एवम् सामाजिक क्रियाकलापमा सहभागी हुनुभएकाे थियाे ।

जात्रामा नारायणको भजन गाउँदै खटको गजुर उल्टो पारेर देउतालाई माथि राखेर नगर परिक्रमा गराइन्छ । रथलाई उल्टो घुमाउनु, भगवानलाई श्रद्धापूर्वक मैनको फूल चढाउनु पनि जात्राको विशेषता हो । यस्तै परम्पराका कारण जात्रालाई कहीँ नभएको जात्रा भनिएको हो । जात्राको मौलिक नाम चोकदे नारायणको जात्रा हो । जात्रामा तीन वटा खट हुन्छन् । हाँडीगाउँलाई पूर्व लिच्छवि, वर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाका लागि सर्वाधिक प्राचीन स्थानका रूपमा लिने गरिन्छ ।

इसापूर्व दोस्रो शताब्दीको पुरातात्त्विक अवशेष र सांस्कृतिक सम्पदा तथा भवनहरूको जग हाँडीगाउँ क्षेत्रमा भेटिएका छन् । हाँडीगाउँ क्षेत्रबाट चल्ने टुँडालदेवीको जात्रा किराँतकालीन र नारायण जात्रा लिच्छविकालीन भएको मानिन्छ ।

Leave A Reply

Your email address will not be published.