साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी काङले पाउने

0

यो वर्ष साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी साहित्यकार तथा कवियत्री हान काङले पाउनुहुने भएको छ ।

नोबेल पुरस्कार छनौट समितिले कोरियाली साहित्यकार हान काङलाई साहित्यको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । उहाँले आफ्नो रचनामा ऐतिहासिक आघात र अदृश्य नियमहरूको वर्णन गर्नुभएको छ ।

हानले हरेक कृतिमा मानव जीवनको नाजुकतालाई उजागर गरेको छनोट समितिले जनाएको छ । यस्तै शरीर र आत्मा, जीवित र मृतकबीचको सम्बन्धको बारेमा उहाँको अनौठो चेतना रहेको पनि समितिले जनाएको छ ।

नोबेल पुरस्कार समितिले गएको सोमवार चिकित्साशास्त्रतर्फ, अस्ति भौतिक शास्त्रतर्फ, हिजो रसायन शास्त्रतर्फको पुरस्कार घोषणा गरिसकेको छ । अब भोलि शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फ पुरस्कार विजेताको नाम घोषणा हुनेछ ।

Leave A Reply

Your email address will not be published.