मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसदको माग

0

काठमाडौं \ नेकपा एमालेका सांसद सूर्य ढकालले एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

लिम्पियाधुरा, कालापानी, लिपुलेकमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिने चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका हुन् ।

‘संसदबाट सर्वसहमत पास भएको, संविधान संशोधन गरेर अनुसूचीमा उल्लेख भएको विषयवस्तुलाई नेपालको भूभाग होइन भनेर गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्तिलाई देशद्रोहको मुद्दा लगाउन आग्रह गर्छु’, ढकालले भने ।

लिपिम्याधुरा सहितको भूभाग संविधानमा समेट्ने क्रममा पनि फरक मत राख्ने सांसदलाई पदमुक्त गरिएको सन्दर्भमा पनि ढकालले सम्झिए ।

Leave A Reply

Your email address will not be published.