राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

0

काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोमबार राति १२ बजेबाट चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्को भदौ ३० गतेको सिफारिसअनुसार संसद्का दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.