प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत

0

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओलीलाई स्वीकृत दिने निर्णय गरेको हो ।

सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुने राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरिएको एक मन्त्रीले जनाकारी दिए ।

ती मन्त्रीका अनुसार भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा.आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक लगायत छन् ।

Leave A Reply

Your email address will not be published.