प्रशासनिक सङ्घीयतामा जान नसक्दा सेवा प्रवाहमा असर : मुख्यसचिव अर्याल

0

काठमाडौँ \ नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सङ्घीय निजामती विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलको छलफलका क्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

‘‘संविधान प्रारम्भ भएपछि कर्मचारी व्यवस्थापन तत्काल गर्नुपर्ने सरकारलाई आवश्यकता पर्‍यो । छिटो समायोजन ऐन ल्याइयो र त्यो कर्मचारी समायोजन तत्कालीन अवस्थामा गरियो । समायोजन प्रक्रिया समाप्त भयो भनियो । त्यो एउटा सनसेट ल को रूपमा आएको थियो । समायोजन ऐन त्यही रुपमापछि कार्यान्वयन हुन सकेन । त्यसले गर्दाखेरी कर्मचारीका वृत्ति विकास लगायतका विषयहरूमा ज्यादै अप्ठ्यारो परेको कुरा पनि म निवेदन गर्न चाहन्छु ।,’’ मुख्यसचिव अर्यालले भन्नुभयो, ‘‘राजनीतिक रूपमा सङ्घीयता आयो । तर प्रशासनिक हिसाबमा हामी सङ्घीयतामा जान सकिएन । त्यसले गर्दा सेवा प्रवाहमा असर पर्‍यो । प्रदेशले आफ्नो उपस्थिति देखाएर काम गर्न सकेको स्थिति छैन । किनभने जनशक्तिको व्यवस्थापन गर्न सकिएन ।’’

मुख्यसचिव अर्यालले सङ्घीय निजामती विधेयक आउन नसक्दा कर्मचारी प्रशासनमा धेरै नै समस्याहरू भएको भन्दै कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त पार्नका लागि विधेयक अत्यावश्यक भएको बताउनुभयो । उहाँले प्रशासनिक सङ्घीयतामा जान नसक्दा सेवा प्रवाहमा असर परेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.