एन्फा महिला लिगमा कोशीले बाग्मती युथ क्लबलाई हरायो

0

एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले बाग्मती युथ क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा कोशीले बाग्मती युथलाई २–१ गोलले हरायो ।

कोशीका लागि समिक्षा मगरले एक गोल गरिन् भने एक गोल आत्मघाती भएको थियो । बाग्मती युथकी विष्णुमाया बलले एक गोल फर्काइन् । पहिलो चरणमा कोशीले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको थियो भने बाग्मती युथले सुदूरपश्चिम प्रदेशलाई हराएको थियो ।

आजै दोस्रो खेलमा सवा ४ बजे वालिङ नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल पनि एन्फा कम्प्लेक्सको मैदानमै हुनेछ । एन्फा महिला लिग फुटबलमा आजदेखि दोस्रो चरणका खेल शुरू भएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भएको लिगमा १० वटा टोली सहभागी छन् ।

Leave A Reply

Your email address will not be published.