असोजको पहिलो साता स्थानीय तह उपनिर्वाचनको मिति तोकिने

0

काठमाडाैँ \ निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले स्थानीय तहमा रिक्त स्थानका लागि आगामी असोजको पहिलो साता उपनिर्वाचनको मिति तोक्ने बताएका छन् । प्रमुख आयुक्त थपलियाले यसअघि प्रधानमन्त्री र गृहमन्त्रीसँग भएको भेटमा मंसिर तेश्रो सातातिर निर्वाचन गर्नेबारे कुराकानी भएको जानकारी दिए ।

आयोगले निर्वाचनको तयारीका लागि स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग मागेको उनले बताए । यसअघि ३४ ठाउँमा रिक्त भएकोमा त्यसमा थप रिक्त रहेकोबारे जानकारीका लागि आयोगले मन्त्रालयलाई पत्राचार गरेको हो ।

Leave A Reply

Your email address will not be published.