सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर भएन : सांसद गौतम

0

काठमाडौँ \ राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताउनुभएको छ।

मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले राष्ट्रिय सभामा गम्भीरतापूर्वक उठेका विषयहरूका बारेमा सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनुभयो।

उहाँले प्रधानमन्त्रीले आफूलाई समय नदिएको भन्दै समय मिलाएर बोलाए छलफल गर्ने बताउनुभयो। उहाँले जनता रोइरहेको, बरबादी भएको कुरा सरकारले नसुनेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभामा जुन विषय अत्यन्त गम्भीरतापूर्वक उठेको छ, त्यसका बारेमा रिपोर्टिङ हुनुपर्‍यो। होइन भने समय मिलाएर मलाई समय दिनुपर्‍यो, प्रधानमन्त्रीले। म उहाँहरूसँग छलफल गर्न चाहन्छु। सरकारले सुनेन, सरकार बहिरो भएको छ। कान थुनेर बसेको छ। जनता रोइरहेको उसलाई मतलब छैन। जनता बरबाद भइरहेको उसलाई मतलब छैन। सरकारले ध्यान दिएर काम गर्नुपर्छ।’

सांसद गौतमले सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल थाल्न आग्रह गर्नुभयो।

Leave A Reply

Your email address will not be published.