उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन गृहमन्त्रीको निर्देशन

0

काठमाडौँ \  गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ ।

बिहीबार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरूको बारेमा जानकारी लिनुहुँदै नागरिकलाई सहज पहुँच बिस्तार गर्नेगरी परिणाममुखी भई आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायहरूसँग आग्रह गर्नुभएको हो ।

उहाँले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच उपभोक्ताहरूलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले नागरिकले सहज र सरल रूपमा उपभोग्य वस्तुहरू पाएको महसुस हुनेगरी परिणाममुखी काम गर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री लेखकले बजारमा कृत्रिम अभाव हुन नदिन, मूल्यवृद्धि निमन्त्रण गर्न, अखाद्यवस्तुहरु चाडबाडको बेलामा बिक्री हुन नदिन पनि उच्च निगरानी गर्न निर्देशन दिनुभयो ।

Leave A Reply

Your email address will not be published.