‘नाडा अटो शो ’ मा अवलोकनकर्ताको भिड

0

हिजोदेखि शुरू भएको गाडी प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ मा अवलोकनकर्ताको भिड लागेको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्र उप्रेतीले पहिलो दिन हिजो आठ हजार पाँच सय जनाले अवलोकन जानकारी दिनुभयो । गएको वर्षभन्दा यो पटक अवलोकनकर्ताको उपस्थिति राम्रो रहेको उप्रेतीले बताउनुभयो ।

यस पटकको नाडा अटो शो विद्यूतीय गाडी केन्द्रित देखिएको छ । शो मा राखिएकामध्ये ८० प्रतिशत गाडी विद्यूतीय रहेका छन् । प्रर्दशनीमा बीवाइडी, टाटा, हुन्डाई, एमजी, नेटा, स्काईवेल, किया, महिन्द्रा, दिपल, सेरेस, जीएसी एवोन, ओमोडा र सिट्रोन लगायत कम्पनीका विद्युतीय कार आकर्षणका रुपमा रहेका छन् ।

अटो शो मा २४ वटा ब्राण्डका चार पाङ्ग्रे, १० ब्राण्डका दुई पाङ्ग्रे, र १२ ब्राण्डका हल्का गाडी छन् । अहिलेको सुस्त अर्थतन्त्र चलायमान बनाउन नाडा अटो शो ले भूमिका खेल्ने अध्यक्ष करण चौधरीको दाबी छ ।

नाडा अटो शोमा विभिन्न बैंकले समेत स्टल राखर गाडी किन्ने ग्राहकका लागि सुविधा दिने तयारी गरेका छन् । यसका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य सामग्रीका स्टल पनि रहेका छन् । ७५ हजार जनाले मेला अवलोकन गर्ने आयोजकको अनुमान छ ।

Leave A Reply

Your email address will not be published.