एकीकृत समाजवादीका ६ जना उपाध्यक्षको मतपरिणाम सार्वजनिक, रामकुमारी झाँक्री पराजित

0

नेकपा एकीकृत समाजवादीको ६ जना उपाध्यक्षका लागि भएको मतदानको नतिजा सार्वजनिक भएको छ । बिहान सकिएको मतगणनाअनुसार गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, भानुभक्त जोशी, जयन्ती राई र धर्मनाथ प्रसाद साह उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

खुलातर्फ चार जना उपाध्यक्षको लागि ११ जनाको उम्मेदवारी परेकोमा गंगालाल तुलाधरले १ सय ८९ मत, जगन्नाथ खतिवडाले १ सय ५१ मत, भानुक्त जोशीले १ सय ५६ र प्रकाश ज्वालाले १ सय ४५ मत पाएर विजयी हुनुभयो । महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गरेर जयन्ती राई विजयी हुनुभएको छ । राईले १ सय ८९ र झाँक्रीले १ सय १२ मत पाउनुभयो ।

यस्तै मधेसीतर्फको उपाध्यक्षमा रामचन्द्र झालाई पराजित गरेर धर्मनाथप्रसाद शाह विजयी हुनुभएको छ । यस्तै उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित हुनुभएको छ ।

सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल विजयी हुनभएको छ ।

डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको एकिकृत समाजवादीको बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न हिजो मतदान भएको थियो । ३ सय ४४ जना केन्द्रीय सदस्य रहेकोमा ३ सय २२ मत मात्रै खसेको छ ।

Leave A Reply

Your email address will not be published.