अमेरिकी उपविदेशमन्त्री रिचार्ड आज नेपाल भ्रमणमा आउँदै

0

काठमाडौँ \ भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउन लागेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट हुन लागेको सबैभन्दा उच्च स्तरीय भ्रमण हो । उनले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अ‍ोली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने नेपालस्थित अमेरिकी दूतावास स्रोतले जनाएको छ ।

अमेरिकास्थित विदेश मन्त्रालयका अनुसार नेपालमा उप विदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम रहेको छ । आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीलगायतको विषयमा उनले छलफल गर्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.