मनाइयो ३० औँ विश्व आदिवासी दिवस

0

काठमाडौँ \ ३०औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्‍याली निकालिएको छ ।

मगर, थारु, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरुले आफ्नो ब्यानर र्‍याली निकालेका छन् भने र्यालीमा सहभागीहरु परम्परात पोशाकमा सजिएका छन् ।

भृकुटीमण्डपबाट निकालिएको र्‍याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर मूल समारोहमा परिणत भएको छ ।

Leave A Reply

Your email address will not be published.