प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब : कार्यकारी निर्देशक घिसिङ

0

काठमाडौं \ नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रपियाँबाट उकालो लागेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

उहाँले प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्ब ११ अर्ब रुपियाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपियाँ पुगेको जानकारी दिनुभयो ।

प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्याङ्कन गरेको जानकारी दिनुहुँदै कार्यकारी निर्देशक घिसिङले जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.