गुल्मीमा पहिरोले २ घर पुरिंदा १ जनाको मृत्यु, ३ बेपत्ता

0

गुल्मी \ गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा गएको पहिरोले २ वटा घर पुरिएका छन् । घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । मंगलबार बिहान घरमाथिबाट लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाहरूको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालन भएका छन् ।  रातिदेखि गुल्मीमा अविरल वर्षा भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.