समृद्धिको कार्ययोजना प्रस्तुत

0

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई गुणस्तरीय, छिटोछरितो सेवा दिने र समुन्नतिको मार्गमा राष्ट्रलाई अघि बढाउने सन्दर्भ सबै मन्त्रालयका सचिवसँग विस्तृत कार्ययोजनाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री ओलीले सचिवहरूसँग मन्त्रालयका अल्पकालीन र दीर्घकालीन योजना, कार्यान्वयनको प्रगति र कार्यान्वयनमा देखिएका चुनौतीको सन्दर्भमा ब्रिफिङ लिनुभएको हो ।

ब्रिफिङ सुनेपछि उहाँले सामाजिक सञ्जालमा छ घण्टा सबै मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुनेको र नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के–के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा उहाँहरूले आआफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा योजना प्रस्तुत भएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ, “भनिन्छ, समस्याको सही पहिचान नै आधा समाधान हो । अब सोमबारको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मङ्गलबार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौँ ।”

कानुनीदेखि बजेटसम्मका समस्या

प्रधानमन्त्री ओलीसँगको छलफलमा सचिवहरूले कानुन निर्माणका सन्दर्भमा विशेष जोड दिनुभएको छ । सामाजिक र आर्थिक विषयसँग जोडिएका कानुन निर्माण गर्नुपर्ने, विकास निर्माणका सन्दर्भमा पनि कानुनी समस्या रहेको र यसलाई समयसापेक्ष रूपान्तरण गर्नुपर्नेमा उहाँहरूको जोड छ ।

Leave A Reply

Your email address will not be published.