पूर्वमन्त्री गाेविन्दराज जाेशी भ्रष्टाचार मुद्दामा दाेषी ठहर

0

सर्वाेच्च अदालतले पूर्वमन्त्री गाेविन्दराज जाेशीलाई भ्रष्टाचार मुद्दामा दाेषी ठहर गरेकाे छ ।

न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आज पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नाै महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको हो ।

यसअघि विशेष अदालतले जाेशीलाई अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित डेढ वर्ष कैद र दुई करोड १६ लाख १४ हजार तीन सय ७६ रुपैयाँ जरिबानाकाे फैसला गरेकाेमा सर्वाेच्चले कैद र जरिबाना दुवै घटाउँदै फैसला गरेकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जोशीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा २०६० सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Leave A Reply

Your email address will not be published.