मुलुकमा युवा नीति र युवा मैत्री सरकार चाहिएको छ सभामुख घिमिरे

0
हेटौंडा \ बागमती प्रदेश युवा परिषद्को आयोजनामा सञ्चालन भएका विभिन्न प्रकारका तालिममा सहभागि युवाहरुलाई आज बिहिवार हेटौंडामा एकै पटक प्रमाणपत्र वितरण गरिएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा सञ्चालन भएका विभिन्न तालिममा सहभागि २ हजार जना युवाहरुलाई आज हेटौंडामा भेला पारेर प्रमाणपत्र वितरण गरिएको हो ।
मकवानपुर, चितवन र सिन्धुली जिल्लामा युवा परिषद् मार्फत सीप सिकेका युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । युवा सीप वर्ष २०८१ अन्तरगत सञ्चालित निःशुल्क सीप विकास तालिमहरुको दिक्षान्त समारोह कार्यक्रमको उद्घाटन् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरे ।

कार्यक्रमका अवसरमा बोल्दै उनले मुलुकमा युवा नीति आवस्यक रहेको बताए । अहिलेको अवस्थामा युवा मैत्री सरकार चाहिएको सभामुख घिमिरेले बताए ।

सीप र क्षमता युक्त युवा उत्पादन गरेको देश समृद्ध बन्ने उनले बताए । अब विकास निर्माणका काममा सरकारले युवालाई अगाडी बढाउनुपर्ने बताए । अहिले पनि युवालाई आकर्सित गराउने काममा कमी रहेको सभामुख घिमिरेले बताए ।

कार्यक्रममा संघीय संसदका मुख्य सचेतक तथा मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभाका सदस्य महेश कुमार बर्तौलाले स्वरोजगार बन्नका लागि यो सीपले काम गर्ने बताए । युवाहरुलाई उत्पादनसंग जोड्नुपर्ने उनले बताए । युवाहरुको आसाको रुपमा अहिलेको सरकार रहेको बर्तौलाले बताए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेश सभा सदस्यद्धय जगन्नाथ थपलिया, इन्द्रबहादुर बानियाँ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम प्रदेश युवा परिषद्का कार्यकारी अध्यक्ष सन्तोष चौलागाइको अध्यक्षतामा भएको हो ।

 

Leave A Reply

Your email address will not be published.