वार्ताको औचित्य समाप्त : अध्यक्ष यादव

0

पर्सा, १३ कात्तिक । तराई मधेस सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले कात्तिक १५ गतेको वार्ता सफल नभए त्यसपछिको वार्तामा मोर्चा सहभागी नहुने जानकारी दिनुभएको छ । उहाँले विगत एक महिनादेखि मोर्चा र सरकारी वार्ताटोलीबीच पटक-पटक छलफल गरे पनि कुनै निष्कर्षमा नपुगिएको र यही कात्तिक १५ गते हुने वार्ताबाट पनि निष्कर्ष निकाल्न नसकिए वार्ताको औचित्य नै समाप्त हुने बताउनुभयो ।
तराई मधेस सद्भावना पार्टी पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनमा अध्यक्ष यादवले सरकार वार्ताप्रति गम्भीर नरहेको आरोप लगाउँदै उहाँले अबको वार्ता अन्तिम हुने र सहमति नभए आन्दोलन थप सशक्त बनाउने दाबी गर्नुभयो । अध्यक्ष यादवले मधेसमा जारी आन्दोलनलाई सहमतिबाट समाधान नगरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.