प्रतिनिधि सभाको बैठकको समय परिवर्तन

0

काठमाडौँ \  प्रतिनिधि सभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले अपराह्न ४ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले सूचनामार्फत जानकारी गराएको छ ।

यसैगरी, राष्ट्रिय सभाको सोमबार बिहान ११:३० बजेका लागि निर्धारण गरिएको बैठक सोही दिन अपराह्न ३ः१५ बजे बस्नेगरी समय परिवर्तन गरिएको सङ्घीय सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ । रासस 

Leave A Reply

Your email address will not be published.