सिमलताल दुर्घटनापछि शव भेटिएका दुई जनाको सनाखत

0

नारायणगढ \  चितवन सिमलताल दुर्घटनामा बेपत्ता भएर आइतबार शव भेटिएका दुई जनाको सनाखत भएको छ।

भारत बिहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ बस्ने ४० वर्षीय सजाद अन्सारी र रौतहटका प्रकाश ठाकुरको पहिचान भएको हो।

उनीहरूको साथमा भेटिएको परिचय पत्रका आधारमा उनीहरूको सनाखत भएको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो।

प्रकाशको गैँडाकोटमा र सजातको मेघौली गोलाघाटमा शव भेटिएको हो।

सजात काठमाडौँ कलङ्कीमा व्यवसायी गरी बस्ने, बा. प्र. ०३–००६ ख १५१६ नम्बरको बस वीरगन्जबाट काठमाडौँ जाने बसमा सवार रहेको बताइएको छ। यस्तै ठाकुर काठमाडौँबाट गौर जाने क्रममा दुर्घटनामा परेका हुन्।

Leave A Reply

Your email address will not be published.