‘कलर अफ टी’लाई नोप्स युरोपको आर्थिक सहयोग

0

नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोपले छुवाछुत न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले छोटो चलचित्र ‘कलर अफ टी’लाई आर्थिक सहयोग गरेको छ।

लेखक पत्रकार ‘राज सरगम’को लेखन तथा निर्देशनमा तयार हुन लागेको जातीय छुवाछुतका विरुद्ध जनचेतनामूलक छोटो चलचित्र कलर अफ टी (चाइ के रङ) निर्माणका लागि नोप्सले एक लाख सहयोग गरेको हो।

‘पहाडी भेगमा भन्दा पनि विभेद तराईमा हुँदै आएको छ। जातकै कारण धेरै दलित युवाहरू पलायन हुनु परेको छ भने कतिपयले ज्यान पनि गुमाउनु परेको छ यस्तो अवस्थामा जनचेतनामूलक भिडियोले समाजमा सकारात्मक प्रभाव पार्ने भएकोले कलर अफ टीलाई नोप्सले सहयोग गरेको हो,’ नोप्सका अध्यक्ष अर्जुन सुनारले भने।

सन् २०१० देखि यस संस्थाले आधिकारिक रूपमा दलितका सवालमा वकालत गर्दै आएको छ। नोप्स युरोप युरोपवासी प्रवासी दलितको सशक्त संस्था हो, जसले दलित समुदायको हितमा काम गर्दै आएको छ।

नेपालमा हुने जातीय विभेद वा मानव अधिकार विरुद्धका घटनाको संवैधानिक प्रतिवाद गर्ने वा त्यस विरुद्ध हने संघर्षमा संस्थागत सहभागिता तथा सामाजिक सुधार, सचेतना अभियानको नेतृत्व पनि गर्दै आइरहेको छ।

कपिल भण्डारीको मुख्य व्यवस्थापन तथा परीक्षित मिडिया क्रियशनको निर्माणमा तयार हुन लागेको शर्ट फिल्मलाई नेपालमा रहेका विभिन्न संघसस्थाको पनि सहयोग रहेको छ।

Leave A Reply

Your email address will not be published.